सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि चन्द्रागिरि नगरपालिकाको पहल
चन्द्रागिरि नगरपालिका अन्तर्गतको कलंकी-नागढुङ्गा सडक खण्डमा सम्भावित सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न सडक सुरक्षा सामग्री जडान गर्ने कार्य सम्पन्न भएको छ।
नगरपालिकाद्वारा नेपाल प्रहरी, थानकोट वृत्त तथा ट्राफिक प्रहरी कार्यालय, थानकोटको समन्वयमा निम्न सामग्रीहरू जडान गरिएको हो।
• स्पिड लिमिट संकेत बोर्ड
• नो पार्किङ संकेत बोर्ड
• विद्यालय तथा जेब्रा क्रसिङ क्षेत्र संकेत
• कन्केभ मिरर - २० थान
• क्याट आई - १०० थान
• डिभाइडर कोन - ३५० थान
• हिल्टेक कोन - २० थान
• नो हर्न संकेतलगायत अन्य सडक सुरक्षा सामग्री।
यस पहलबाट सडक प्रयोगकर्तामा ट्राफिक नियमप्रतिको सचेतना अभिवृद्धि हुनुका साथै सम्भावित सडक दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
सुरक्षित सडक, व्यवस्थित शहर र जिम्मेवार नागरिक — स्वच्छ, सुरक्षित तथा सुन्दर चन्द्रागिरि निर्माणतर्फ हाम्रो साझा पहल।